Logo
Logo

म्याक्स मनी मलेसियालाई राष्ट्र बैंकद्वारा प्रतिबन्ध


2k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले म्याक्स मनी एसडीएन विएचडी मलेसियासँगको रेमिट्यान्स कारोबारमा प्रतिबन्ध लगाएको छ ।

सो कम्पनीले रेमिट्यान्स कारोबार गरेबापत नेपाली इजाजतप्राप्त कम्पनीलाई भुक्तानी नगरेको भन्दै कारोबारमा प्रतिबन्ध लगाएको हो ।

यसअघि पनि २०७५ मंसिर १२ र फागुन २ गतेको परिपत्रमार्फत सो संस्थासँग कारोबार गर्न प्रतिबन्ध लगाउँदा उक्त संस्थाले आंशिक मात्र भुक्तानी गरेको थियो । यसैले राष्ट्र बैंकले २०७६ माघ ५ गते प्रतिबन्ध फुकुवा गरेको थियो ।

तर पनि म्याक्स मनीले केन्द्रीय बैंकको सर्त पालना नगरेको र रकम भुक्तानी नगरेको भन्दै फेरि कारोबारमा प्रतिबन्ध लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्