काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ ।
नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले केन्द्रीय कार्यालय भवनमा एकीकृत कारोबार सुरुआत गरेका हुन् ।
प्राधिकरणले जीवन बिमा कम्पनीको चुक्तापुँजी पाँच अर्ब पुर्याउने निर्देशन जारी गरेपछि २०७९ आषाढ ३० गते साविक प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच मर्जर भएको हो ।
जेठ २६ गते साधारणसभाबाट एकीकृत कारोबारको निर्णय भएपछि नेपाल बिमा प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल धितोपत्र वोर्डबाट स्वीकृति लिएर आज मर्जर कार्य सम्पन्न भएको हो ।
एकीकृत कारोबारको शुभारम्भ गर्दै प्राधिकरणका निर्देशक पौडेलले लामो समयको समस्या झेलेर मर्जर कार्य सम्पन्न गरेकोमा खुसी व्यक्त गरे ।
प्रभु महालक्ष्मी लाइफको नवगठित सञ्चालक समितिको जेष्ठ सदस्य उमेशलाल श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए ।
कार्यक्रममा सञ्चालक शंकर गौतमले स्वागत मन्तव्य दिँदै अनुभवी र युवा टिम पाएको कम्पनीले भविष्यमा राम्रो व्यवसाय र प्रतिफल दिने विश्वास व्यक्त गरे ।
यस कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रकमेशकुमार भट्टराई नै नियुक्ति भएका छन् ।