Logo
Logo

रुसले भन्यो- युक्रेनलाई नेटोमा सामेल गरे विश्वमै तनाव निम्तिन्छ


एजेन्सी

2.5k
Shares

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नेटोमा सामेल गर्ने हो भने यसले विश्वलाई थप असुरक्षित बनाउने बताएका छन् । पुटिनले भनेका छन्, ‘मलाई विश्वास छ कि यसले युक्रेनको सुरक्षालाई बढाउँदैन र समग्रमा विश्वलाई अझ बढी असुरक्षित बनाउनेछ । साथै, अन्तर्राष्ट्रिय क्षेत्रमा थप तनाव निम्त्याउनेछ ।’

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य अभियान सुरु गर्नुको एउटा कारण कीभलाई गठबन्धनमा सामेल हुनबाट रोक्नु भएको दावी गरे । पुटिनले लिथुआनियामा भएको शिखर सम्मेलनको एकदिन पछि पत्रकारहरूसँग कुरा गर्दै नाटोले कीभलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको तर सदस्यताका लागि समयसीमा भने नदिएको बताए ।

युक्रेनले रूसी सेनालाई पछाडि धकेल्न क्षेप्यास्त्रलगायत थप उन्नत र लामो दूरीका हतियारको माग गर्दै आएको छ ।
पुटिनले पत्रकारसँग भने, ‘लामो दूरीका क्षेप्यास्त्रहरूले क्षति पु¥याउँछ तर ती प्रयोग गरिएका लडाकु क्षेत्रहरूमा केही पनि महत्वपूर्ण उपलब्धि भइरहेको छैन । विदेशमा निर्मित ट्याङ्कका लागि पनि यही कुरा लागू हुन्छ ।’

उनले भने, ‘नयाँ हतियारको वितरणले युक्रेनी पक्षका लागि स्थितिलाई अझ बिगार्नेछ र द्वन्द्वलाई बढावा दिनेछ ।’

प्रतिक्रिया दिनुहोस्