Logo
Logo

नागरिक लगानी कोषको एजीएम आज


1.1k
Shares

काठमाडौ । नागरिक लगानी कोष (सीआइटी) को २८ औं वार्षिक साधारण सभा आज (आइतबार) असार ३१ गते बस्दैछ ।सभामा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

सभा प्रयोजनका लागि कोषले असार १९ गते बुक क्लोज गरिसकेको छ । असार १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्