Logo
Logo

ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर, कुन खातामा कति ?


882
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले निक्षेपमा साउन महिनाको लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

असारमा बैंकले साधारण बचतमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशतसम्म ब्याजदर तोकेको थियो । बैंकले बचत खातामा १० प्रतिशत ब्याजदर घटाएको हो ।

यस्तै, बैंकले मुद्दती निक्षेपको ब्याजदर भने यथावत नै राखेको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर नै कायम राखेको हो ।

बैंककाअनुसार रेमिट्यान्स खातामा भने ११.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदर आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर दिन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्