Logo
Logo

बीएमडब्ल्यूको सर्वाधिक सफल इलेक्ट्रिक एसएभी ‘आईएक्स-३’ नेपालमा


2.6k
Shares

काठमाडौं । जर्मन प्रिमियम कार ब्रान्ड बीएमडब्ल्यूको सर्वाधिक सफल मोडल आइएक्स–३ नेपाली बजारमा सार्वजनिक गरिएको छ । बीएमडब्ल्यू नेपालको आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले इलेक्ट्रिक मोडल आईएक्स ३ नेपालमा भित्र्याएको हो ।

बीएमडब्ल्यू स्पोर्ट्स एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स–३ विश्व बजारमा सर्वाधिक बिक्री हुने मोडल भएको कम्पनीले जनाएको छ । नेपाली बजारमा पनि यसले सफलता हासिल गर्ने कम्पनीको विश्वास छ ।

नेपाली बजारमा विद्युतीय गाडीको बढ्दो मागअनुसार अल–इलेक्ट्रिक एसएभी आईएक्स–३ सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

यस्ता छन् फिचर
८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री रहेको गाडीमा २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर छ । कम्पनीले यसमा ५.० ई–ड्राइभ टेक्नोलोजी प्रयोग गरिएको र अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्यूटन मिटर रहेको जनाएको छ ।

८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । ब्याट्रीलाई १५० किलोवाट क्षमताको डीसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्न सक्छ ।

म्युजिकका लागि १६ स्पीकर प्रयोग गरिएको हर्मोन कार्डनको साउन्ड सिस्टम गाडीमा छ । पानारोमिक ग्लास रुफको प्रयोग गरिएका कारण दिन र रातको समयमा खुला आकाशको दृश्यावलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।

गाडीको ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लस्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम छ । वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर र्‍याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील, एम्बियन्ट लाइटका कारण क्याबिनले निकै प्रिमियम फिल गराउने कम्पनीको भनाइ छ ।

काठमाडौंको तीनकुनेमा बीएमडब्ल्यू नेपालले सुविधासम्पन्न शो रुमबाट सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्