Logo
Logo

१० महिनामा के– के गरे झापाका एसपी मैनालीले ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

झापा, ९ पुस ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले आफ्नो १० महिने कार्यकालमा भएको उपलब्धीमुकल भएको बताएका छन् । झापाबाट प्रहरी प्रधान कार्यालयमा सरुवा सरुवा भएका एसपी मैनालले मंगलबार बिदा हुनु अघिल्लो दिन पत्रकार सम्मेलन गरी १० महिनाको अवधिमा भएका उपलब्धीको समीक्षा गरेका हुन् ।


एसपी मैनालीको नेतृत्वमा झापा प्ररहीले १० महिनाको अवधिमा भन्सार चोरी, निकासी, पैठारी नियन्त्रणबाट रु चार करोड ३८ लाख बढी राजश्व सङ्कलन गरेको जनाए । गत आर्थिक वर्ष २०७५÷७६ को फागुनदेखि चालु आर्थिक वर्ष २०७६(७७ को हालसम्ममा सो रकम बराबरको राजश्व सङ्कलन गरेको उनले जानकारी दिए । झापा प्रहरीले तस्करीविरुद्ध बिशेष कारबाही चलाएको थियो ।
सबैभन्दा बढी राजश्व विभिन्न मुद्दाको फैसला कार्यान्वयनबाट रु एक करोड ६५ लाख ४० हजार ९०० सङ्कलन भएको छ । लत्ताकपडाबाट ४८ लाख ७७ हजार ५८६, विद्युतीय सामग्री बरामदबाट तीन लाख ८२ हजार ९००, सवारी साधानको पार्टपूर्जाबाट १७ लाख ३२ हजार ९५०, किराना सामग्रीबाट ३८ लाख १० हजार ५८७, बरामद भएका अन्य सामग्री ८९ लाख ४९ हजार ४५०, पशुचौपाया एवं सवारी साधानको रु ३२ लाख ५७ हजार ४७२, काठको गोलिया (७०२. ७१ क्यूफिट) बाट रु २८ लाख ९६ हजार २० र सुपारी बरामदबाट १३ लाख, ८६ हजार गरी चार करोड ३८ लाख २४ हजार ८६७ राजस्व सङ्कलन गरिएको हो ।
उनले झापामा १० महिना आफूले नेतृत्व सम्हाल्दा भएका गतिविधिको बारेमासमेत पत्रकार सम्मेलनमा जानकारी गराए । उनले आचारण विपरीत कार्य गर्ने ३८ जना प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरेको र उत्कृष्ट कार्य गर्ने २ सय १२ जना विभिन्न दर्जाका प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको बताए ।
झापामा रहँदा लागुऔषध, लत्ताकपडा, पशुचौपाया तस्करीको जालो च्यात्ने र त्यस्ता कारोवारमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन उल्लेखनीय कार्य गरेका थिए ।
आफ्नो कार्यकालमा जिल्लामा शान्ति सुरक्षा कायम राख्न सफल भएको उनको भनाई छ । झापामा रहँदा उनले विप्लवको गोप्य कार्यालयमा छापा मारेर नेतालाई पक्राउ गर्नेदेखि नक्कली नागरिकता बनाउने कर्मचारीसहितको गिरोहविरुद्ध मुद्दा चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्