Logo
Logo

निगममा अख्तियार


61.5k
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइडबडी, दुईवटा न्यारोबडी जहाज छन् । ती जहाज हरेक महिना बिग्रेर यात्रुहरु हैरान भएका छन् । यसले निगमलाई करोडौं नोक्सानी भएको मात्र होइन, निगमको विश्वसनीयतासमेत गुमेको छ ।

निगमको भ्रष्ट र निकम्मा व्यवस्थापन व्यापार प्रवद्र्धन गर्ने भन्दा पनि जहाजको इन्जिन भाडामा लिएर कमिशन खान व्यस्त भएको परिणाम निगमले भोग्दैछ ।

दोहामा महिनौंसम्म ग्राउण्डेड जहाजको इन्जिन अहिलेसम्म भाडामै चलाइरहेको छ । जहाज मर्मत गर्न समयमै एमआरओ प्रक्रिया सुरु नगरेपछि इन्जिन भाडामा लिएर कमिशन खाने बाटो खुलेको हो ।

अहिलेसम्म इन्जिन भाडामा लिँदा र निगमको इन्जिन मर्मत गर्दा कति रकम खर्च भयो भन्ने कुरा कार्यकारी अध्यक्ष युवराज अधिकारीले लुकाएर राखेका छन् ।

निगम स्रोतका अनुसार सञ्चालक समितिको बैठकमा इन्जिन भाडासम्बन्धी कुरा उठे पनि अधिकारीले जवाफ दिन आनाकानी गरिरहेका छन् । इन्जिन भाडामा लिँदा भएको भ्रष्टाचारको विषयमा अख्तियारले छानविन गरिरहेको स्रोतले बताएको छ ।

एक महिनाअघि निगमको न्यारोबडी जहाज ९ एन–एकेएक्स रिभर्सलमा समस्या आएपछि मर्मतका लागि हैदरावाद पठाइएको थियो । त्यो जहाज मर्मत गरेर नआउँदै निगमको अर्को न्यारोडबी ९ एन–एकेडब्लु कलसाइनको जहाजको ब्रेक प्याडमा समस्या आएर ग्राउण्डेड भयो ।

ब्रेक प्याड तत्कालै फेरेर जहाज उडान गर्न सकिन्छ । तर निगम व्यवस्थापनले सामान्य पार्टपुर्जा समेत जगेडा नराख्दा ग्राण्डेड भएको जहाजको मर्मत अनिश्चित बनेको छ ।

निगम व्यवस्थापनले केही वर्षअघिसम्म जगेडा पार्टपुर्जा व्यवस्था गर्दै आएको भए पनि निगमका अध्यक्ष अधिकारी आएपछि जहाज मर्मतसम्भारका लागि आवश्यक न्यूनतम पार्टपुर्जासमेत राख्न छाडिएको छ । १५ दिनका लागि भनेर भाडामा ल्याइएको इन्जिन एक वर्षभन्दा बढी भाडामा चलेको छ । कमिसनका लागि आफूसँग भएको इन्जिन समयमा नबनाएर वर्षौंदेखि भाडाको चलाएबाटै अहिलेको व्यवस्थापनको नियत स्पष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्