Logo
Logo

शिक्षा भट्टचन प्रभु महालक्ष्मी लाइफको अध्यक्ष चयन


1.3k
Shares

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचन चयन भएका छन् ।कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

यसअघि छनोट भएका सञ्चालकमा सामान्य हेरफेर गर्दै मर्जर कमिटीले सञ्चालक समितिमा साविक प्रभु लाइफको तर्फबाट शिक्षासहित सुशन भट्टचन र साविक महालक्ष्मी लाइफको तर्फबाट सुरेश सापकोटा र उमेश लाल श्रेष्ठलाई चयन गरेको छ ।

सर्वसाधारण शेयरधनीको तर्फबाट समितिमा शंकर गौतम र ज्योति शेरचन रहेका छन् । कम्पनीले अब स्वतन्त्र सञ्चालक मात्रै नियुक्त गर्न बाँकी रहेको छ । दुई कम्पनीले गत असार २९ गते एकिकृत कारोबारको शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्