Logo
Logo

सिटिजन्स बैंकले दुवघाटधामस्थित गलेश्वर आश्रमलाई दियो ५ लाख


630
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल, नारायणगढ शाखाले गलेश्वर आश्रम देवघाटधामलाई रकम हस्तान्तरण गरेको छ । तनहुँको देवघाटस्थित संस्कृत गुरुकुलमार्फत देशभरिका विद्यार्थीलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको श्री गलेश्वर आश्रम देवघाटधामलाई सिटिजन्स बैंकले दुई चरणमा गरी जम्मा ५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

संस्कृत गुरुकुल भवन निर्माणको सहयोगार्थ यस अघि नगद ३ लाख रुपैयाँ रकम प्रदान गरिसकेको र हाल भवन निर्माणकार्य प्रगतिको निरिक्षणपश्चात बाकी रकम २ लाख रुपैयाँ उपलब्ध गराएको हो । गुरुकुल शिक्षा मार्फत संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान पु¥याउदै निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो ।

साथै सिटिजन्स बैंक सम्सी शाखाले श्री जनता माध्यमिक विद्यालय सम्सी प्रवाह महोत्तरीका कक्षा १ का करिब १०० विद्यार्थीलाई सामाजिक उत्तरदायित्वअन्तर्गत झोला वितरण गरेको छ । उक्त विद्यालयमा अधिकांश विद्यार्थीहरू मुस्लिम र दलित समुदायबाट र कमजोर आर्थिक अवस्था भएका छन् । यस कार्यले उनीहरूको शैक्षिक कार्यलाई थोरै भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४५ वटा एटिएम तीन विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ एकाइबाट १६ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्