Logo
Logo

प्राध्यापक अरुण गुप्तोको ‘संस्कृति चिन्तन’ बजारमा


567
Shares

काठमाडौं । प्रा.डा. अरुण गुप्तोको संस्कृति दर्शनसम्बन्धी निबन्धसंग्रह ‘संस्कृति चिन्तन’ प्रकाशित भएको छ ।

पुस्तकलाई इन्डिगो प्रकाशनले बजारमा ल्याएको हो । शनिबार काठमाडौैंमा लेखक तथा प्राध्यापकहरू अभि सुवेदी र सञ्जीव उप्रेती तथा समालोचक एवं निबन्धकार कुमारी लामाले किताब सार्वजनिक गरे ।

कार्यक्रममा लेखक सुवेदीले पहिलेको काठमाडौं लुप्त भइसकेको, तर अन्तरंगमा भने त्यो जीवितै रहेको बताए  । ‘यहाँका चलन, सांस्कृतिक जात्रा, परिकारलगायतले त्यो संस्कृतिलाई जीवन्त राखेको छ,’ उनले भने, ‘पहिरन, संरचना, बनावट, रङ, ध्वनि र कालिक चेतनामा संस्कृति बाँचिरहने गर्छ ।’

पछिल्लो समय समृद्धि र सहरीकरणको बहस भइरहेको र पूर्वाधार निर्माण नै विकास हो भन्ने भाष्य स्थापित भएकोमा लेखक उप्रेतीले विमति जनाए ।

‘समृद्धिको बहसबारे विश्वभर विवाद छ । समृद्धि कसका लागि ? समृद्धिसँग विकास जोडिएको हुन्छ, विकास कसका लागि ? जिडिपी बढ्नुलाई मात्रै विकास मान्ने कि ह्याप्पिनेसलाई ?’ उनले भने  ।

बहुसंस्कृति नै नेपालको भविष्य हुनुपर्ने उनले बताए  । समालोचक लामाले स्मार्ट सहर नभई सांस्कृतिक सहर निर्माण गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्