काठमाडौं, ९ पुस । गायक रामकृष्ण ढकाल दम्पत्तिको सम्बन्धविच्छेद भएको छ । केही समयअघि ढकाल पत्नी निलम साह दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्धविच्छेद गर्न मिलापत्र गरेका छन् ।
जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार ‘गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौँ’ भनी मिलापत्र गरेका छन् । सम्बन्धविच्छेद गरेपनि निलमले ढकालबाट अंश नलिने भएकी छन् । ढकाल दम्पत्तिको एउटी छोरी छन् । उनी अब आमासँग रहने भएकी छन् । गायक ढकाल र पत्नी निलमबीच बेही वर्षयता पारिवारिक सम्बन्धमा खटपट आएको थियो ।