काठमाडौं । के तपाइँ मोडलिङमा करिअर बनाउन चाहनहुन्छ ? यति हो भने मोडलिङमा रुची राख्नेहरुलाई लक्षित गर्दै ‘ग्ल्याम डिभा नेपाल’ नामक सौन्दर्य प्रतियोगिता हुँदैछ । जसका लागि आवेदन समेत खुला भइसकेको छ ।
इभेन्ट मेनेजमेन्ट संस्था आरएनआर ग्रुपले पहिलोपटक ‘ग्ल्याम डिभा नेपाल–२०२३’ आयोजना गर्न लागेको हो । ‘ग्ल्याम डिभा नेपाल–२०२३’का लागि आवेदन खुला भइसकेको आयोजक संस्थाका प्रबन्ध निर्देशक रविन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यस सौन्दर्य प्रतियोगितामा सहभागी हुन चाहनेले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतियोगितामा सहभागी हुनका लागि आयोजकले न्यूनतम मापदण्ड बनाएको छ । जसमा १६ वर्षदेखि २४ वर्ष उमेर नकटेको अविवाहित महिला हुनुपर्ने छ । साथै, आवेदन दिँदा पाँच सय रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएको छ ।
प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार प्रतियोगिताको शीर्ष विजेताले एक लाख रुपैयाँ नगद पुरस्कारसहित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउने अवसर पाउने छ । आरएनआर ग्रुप सात वर्षदेखि ब्युटिपेजेन्ट तथा फेसन शो लगायतका इभेन्टहरु आयोजना गर्दै आएको संस्था हो । जसले डान्स पाटी र कर्पोरेट इभेन्टहरु समेत गर्दै आएको छ ।