Logo
Logo

पूर्वी नाकाबाट २१३ महिलाको उद्धार


- दृष्टि न्युज/संवाददाता

0
Shares

झापा, १० पुस । पूर्वी नाका काँकडभिट्टाबाट एक वर्षमा २१३ नेपाली महिलाको उद्धार गरिएको छ । माइती नेपालले सन् २०१९ को जनवरीदेखि हालसम्ममा मानव बेचबिखनमा संलग्न दलालले झुक्याएर भारतको मिजुराम, मनीपुर, बर्मालगायतका क्षेत्रबाट र काँकडभिट्टा नाकासहित गरी २१३ नेपाली महिलाको उद्धार गरेको हो ।
वैदेशिक रोजगारीको बहानामा भारतलगायत तेस्रो मुलक लैजानेक्रममा ८२ जनालाई सीमा नाका काँकडभिट्टाबाट घर फर्काइएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए । उक्त अवधिमा कार्यालयमा १४४ जना महिला हराएको निवेदन परेकामध्ये ४२ जनालाई फेला पारी परिवारलाई जिम्मा लगाइएको जनाइएको छ । त्यस्तै बलात्कारको घटनामा एक जनाविरुद्ध मुद्दा दर्ता गरिएको माइती नेपालले जनाएको छ ।
मानव बेचविखनको ‘ट्रान्जिट’ मानिएका पूर्वको काँकडभिट्टा, पशुपतिनगर र भद्रपुर, जोगवनी नाकामा माइती नेपालले कर्मचारी खटाएर नियमित निगरानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्