Logo
Logo

ललितपुरका दुई कर्मचारी घुससहित समातिए


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १० पुस ।

ललितपुरको महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी. घुससहित रंगेहात पक्राउ परेका छन् । सूचना र बिज्ञापन गरेकोमा दिएको भुक्तानी रकम वापत सेवाग्राहीसँग लिएपछि उनीहरु पक्राउ परेका हुन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले लेखा शाखामा कार्यरत लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी.ले घुसररिसवत वापतको ३० हजार रुपैयाँसहित कार्यालयबाटै पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्