Logo
Logo

सुन काण्डमा नाम मुछिएपछि पत्रकार सम्मेलन गर्दै मल्होत्रा


36.2k
Shares

काठमाडौं। अवैध सुन आयात प्रकरणमा आफ्नो नाम मुछिएपछि व्यवसायी दीपक मल्होत्राले पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।

बुधबार हङकङबाट ल्याइएको झण्डै एक सय किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएर बाहिरिएर सिनामंगलबाट पक्राउ परेको प्रकरणमा नाम जोेडिएपछि मल्होत्राले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

व्यवसायी मल्होत्राले दरवारमार्गस्थित होटल रोयल सिङ्गीमा आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हङकङबाट ल्याइएको अवैध आयात प्रकरणमा केही सञ्चार माध्यमले मल्होत्राको संलग्नता रहेको उल्लेख गरेका छन् । बुधबार एयरपोर्टबाट अहिलेसम्मकै ठुलो परिणाममा सुन बरामद भएको हो ।

प्रतिक्रिया दिनुहोस्