काठमाडौं । एक वर्षमा चलनचल्तीमा १३ अर्ब ७६ करोड २ लाख रुपैयाँ बराबरका नोट (मुद्रा) बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार गत आर्थिक बर्षको तथ्यांक सार्वजनिक गर्दै २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा चलनचल्तिको नोट सामान्य बढेको जनाएको हो ।
२०८० असार मसान्तसम्म कुल ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँको नोट चलनचल्तीमा छ। २०७९ असार मसान्तमा ६ खर्ब १२ अर्ब चलनचल्तीमा छ ।
राष्ट्र बैंक, उसले इजाजतपत्र बाँडेका बैंक तथा वित्तीय संस्थासँग भएका नोटलाई चलनचल्तीमा भएको मुद्राका रुपमा गणना गरिँदैन । त्यसबाहेक आम सर्वसाधारण, सहकारी, संगठित संस्थालगयात अन्य निकायसँग भएको मुद्रालाई मात्र चलनचल्तीको मुद्राका रुपमा गणना गरिन्छ ।
पछिल्लो समय विद्युतीय भुक्तानी बढेका कारण पनि नगद कारोबार कम हुन थालेको छ । गत दसैं (असोज)मा भने अहिलेसम्मकै उच्च दरमा चलनचल्तीमा नोट पुगेको थियो। पोहोर दसैं असोजमा थियो । त्यसबेला ६ खर्ब ४९ अर्ब ४२ करोड रुपैयाँ बराबरका नोट चलन चल्तीमा पुगेका थिए ।