Logo
Logo

रेडियो, टेलिभिजनले अब गीत बजाउँदा रोयल्टी तिर्नुपर्ने


1.4k
Shares

काठमाडौं । रेडियो, टेलिभिजन लगायतले अब गीत बजाउँदा रोयल्टी तिर्नुपर्ने भएको छ । संगीतकार संघ नेपालको शुक्रबार बसेको बैठकले रोयल्टी नतिर्ने रेडियो, टिभीलगायतलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष चेतन सापकोटाका अनुसार रोयल्टी नतिर्ने रेडियो, टिभीलाई गीत नबजाउन भन्ने र बजाइयो भने कानुनले प्रदान गरेको अधिकार प्रयोग गरी कारबाहीमा जाने संघले निर्णय गरेको हो ।

रोयल्टी नपाएसम्म रेडियो, टिभीमा गीत नबजाउने सहमति सांगीतिक संघसंस्थाहरू बीच भएको समेत सापकोटाले बताए ।

बैठकले संगीतकार सुरेश अधिकारीका सांगीतिक कृति प्रसारण नगर्ने भन्ने रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघको निर्णयप्रति पनि आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्