Logo
Logo

‘सुन तस्करीको भरिया होइन, मालिक पक्राउ पर्नुपर्छ’


6.8k
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बिमानस्थलमा बरामद भएको सुनको मालिक पक्राउ पर्नुपर्ने बताएका छन् ।

नेपाल मगर विद्यार्थी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किराँतीले सुन प्रकरणमा बिगतमा भरिया मात्रै प्रक्रिने गरेको भन्दै यसपटक भने सुनको मालिकलाई पक्राउ गर्नुपर्ने बताए ।

उनले कसैलाई शक्तिका भरमा संविधान र न्याय भन्दा माथि बस्ने अधिकार नरहेको भन्दै भ्रष्टाचार र तस्करीलाई अन्त्य गर्न जनताले दवाव दिनुपर्ने धारणा राखे ।

बिमानस्थलमा सुन पक्रिएपछि सुदन किरातीको परिक्षा सुरु भयो भनेर भन्ने गरेको भन्दै उनले भन्सार हेर्ने निकाय अर्थ र गृहको भएको स्पष्ट पारे । उनले कुनै पनि हालतमा भ्रष्टाचार सैह्य नहुने बताए । मन्त्री किरातीले आफु मन्त्रालयमा आएपछि नै मौलिक पर्यटनलाई बढावा दिनुपर्ने भन्दै आएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्