Logo
Logo

अमेरिकन नौ सेनाको नेतृत्व पहिलो पटक महिलाको काँधमा


882
Shares

वासिङ्टन । अमेरिकाको इतिहासमा पहिलो पटक एक महिला शीर्ष नौसेना अधिकृत बनेकी छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो पदका लागि एडमिरल लिसा फ्रानचेट्टीलाई चयन गरेका हुन् ।

सीएनएनको रिपोर्टका अनुसार लिसा फ्रानचेट्टी अमेरिकी नौ सेनाको इतिहासमा यो पद सम्हाल्ने पहिलो महिला हुनेछन् र यसका साथै उनी संयुक्त चिफ अफ स्टाफमा पनि पहिलो महिला हुनेछन्।

फ्रैंचेटी १९८५ मा कमीशन भएकी थिइन । उनी हाल नौसेना अपरेसनका उपप्रमुखको रुपमा कार्यरत छन् । फ्रानचेट्टीको जीवनीका अनुसार, उनले अमेरिकी नौसेना सेना कोरियाको कमाण्डर, युद्धको विकासका लागि नौसेना अपरेशनका उपप्रमुख र संयुक्त स्टाफको रणनीति, योजना र नीति निर्देशकको रूपमा काम गरिसकेका छन्। उनले दुई क्यारियर स्ट्राइक समूहलाई पनि कमाण्ड गरेक छन् ।

प्रतिक्रिया दिनुहोस्