Logo
Logo

असईकी प्रेमिका बलात्कार प्रकरणः कांग्रेस र नेकपाका नेतालाई सफाई


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ पुस ।
सामूहिक बलात्कारको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र गजुरेल र सन्देश शर्माले सफाइ पाएका छन्। गजुरेल कांग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्य र शर्मा युवा संघ केन्द्रीय सदस्य हुन्। अदालतले तीन महिनामा नै मुद्दाको फैसला गरेर उनीहरुलाई सफाई दिएको हो ।
जिल्ला अदालत ललितपुरका न्यायाधीश डा. रमेशप्रसाद रिजालको इजलासले उनीहरूलाई सफाइ दिएको हो। १९ वर्षीया किशोरीलाई लगनखेलको एक होटलमा र्पुयाएर जबरजस्ती गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

उनीहरूलाई कात्तिक ३ गत ललितपुर प्रहरीले पक्राउ गरिएको थियो। पीडितको सम्बन्ध प्रहरीका असइ उमेश केसीसँग थियो। उनीसँगको सम्बन्ध बिग्रिन थालेपछि किशोरी गजुरेलसँग नजिकिन पुगिन्। फेसबुकमार्फत चिनजान भएका गजुरेलसँग उनको भेटघाट बाक्लिन थाल्यो। यसै क्रममा गजुरेलले असोज २९ गते लगनखेलस्थित एक होटलमा बोलाएका थिए। होटलमा गजुरेल, शर्मा र अर्का एक जना पनि गएका थिए। किशोरीले घरमा साथीको जन्मदिन मनाउन जानु छ भनेर ढाँटेको देखिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरू चारै जना होटलमा पुगेर खानपिन गर्दै रमाइलो गरेको देखिएको छ। यसै सिलसिलामा किशोरीले गजुरेलसँग शारीरिक सम्पर्क भएको प्रहरीसमक्ष बताएकी थिइन्। शर्माले पनि सम्बन्ध राखेको पीडितको दाबी थियो। त्यसपछि अर्का व्यक्तिले पनि जबरजस्ती गर्न खोजेपछि अस्वीकार गरी आफू कराएको किशोरीले प्रहरीसँग बताएकी थिइन्। त्यस रात उनीहरू सबै जना होटलमा बसेर बिहान आआफ्नो बाटो लागेको देखिएको प्रहरीले जनाएको छ।

त्यसको चार–पाँच दिनपछि असइ केसीले उक्त घटनाबारे सोधखोज गर्दा किशोरीले आफूलाई गजुरेल र शर्माले बलात्कार गरेको र अर्का एक जना फरार रहेको बताएकी थिइन्। त्यसपछि उनीहरूले गजुरेल र शर्मा्विरुद्ध प्रहरीकहाँ उजुरी दिएका थिए। केसीको सहयोगमा उनीहरू तुरुन्त समातिएका थिए।

आरोपितले किशोरीका प्रेमी भनिएका केसीसँग उक्त मुद्दा मिलाइदिन प्रलोभन देखाएको प्रहरीले जानकारी दिएको छ। उक्त घटना मिलाइदिन्छु भन्दै केसीले १ करोड रुपैयाँदेखि बार्गे्निङ गरेको समेत खुलेपछि असई केसी पक्राउ परेका थिए । हाल उनी अख्तियारकै हिरासतमा छन् । तीन महिनामै मुद्दाको फैसला हुने र सफाई पाउनुले पनि घटना थप रहस्यमय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्