काठमाडौं । पत्रकार तथा गीतकार डिबी खड्काको शब्द रहेका दुई डेउडा गीत युट्युबमार्फत् सार्वजनिक भएका छन् । गायक सुनिल नेपाली र गायिका रेखा जोशीको आवाजमा ‘लाउकी मायाजाल’ तथा गायिका अनिता चलाउने र गायक रवि ओडको आवाजमा ‘कर्णाली पारी’को गीत सार्वजनिक भएका हुन् ।
‘लाउकी मायाजाल’मा डिबीसँगै भीम थापा नायक र निर्मला कार्की विष्टको शब्द रहेको छ । गीतलाई कटक नेपालीले संगीत दिएका छन् भने केशव बाबुले एरेन्ज गरेका छन् । गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् । भिडियो प्रकाश खड्काले खिचेका छन् भने सम्पादन लक्ष्मण चौहानले गरेका छन् ।
यस्तै, ‘कर्णाली पारीको’मा विनोद बाजुरालीले संगीत दिएका छन् । एरेन्ज पनि विनोदकै रहेको छ । गीतको भिडिओलाई शंकर बिसीले निर्देशन गरेका छन् ।
भिडिओमा शंकर र रवि ओडसँगै कविता नेपाली, मिस पवि (पवित्रा सार्की) र शिबु पाण्डे फिचर्ड छन् । भिडिओलाई नवराज उप्रेतीले खिचेका छन् भने नवीन घर्तीमगरले सम्पादन गरेका छन् ।