Logo
Logo

विषाक्त रक्सी पिउँदा २६ को मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

उलान बाटोर, ११ पुस (एजेन्सी) । विषाक्त रक्सी सेवनले मंगोलियामा २६ जनाको मृत्यु भएको छ । मंगोलियाको राजधानी उलान बाटोरमा पछिल्लो एक महिनामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जनाइएको हो ।
‘यो डिसेम्बर महिनामा मात्रै रक्सी सेवनका कारण मृत्यु हुनेको संख्या नाटकीय रुपले बढेको छ, उनीहरु मध्ये अधिकांशको नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर रक्सी सेवन गर्दा मृत्यु भएको हो’, प्रान्तीय सहरी प्रहरी विभागका प्रमुख लखामा अमुर्मुरुमले भनेका छन् । राजधानी उलान बाटोरमा अहिले उच्च सतर्कता अपनाइको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिए ।
मंगोलियामा नयाँ बर्षको पूर्वसन्ध्यामा निजी तथा सार्वजनिक तवरबाट खानपिनसहितका विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरिएको हुन्छ । यस्ता कार्यक्रम रेष्टुरेन्ट, रात्री क्लव, बारलगायतमा ठूलो संख्यामा आयोजना गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्