काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सेवा विस्तारका क्रममा तीन शाखाथप गरेको छ । कम्पनीले सुर्खेत शाखा तथा टीकापुर र अत्तरिया उप–शाखा सञ्चालन गरेको हो । तीनवटै कार्यालयको कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेले उद्घाटन गरेका हुन् ।
कम्पनी शाखा विस्तारका क्रममा रहेको बताउँदै अध्यक्ष डा. घिमिरेले पश्चिम नेपालका विभिन्न स्थानमा भएको शाखा विस्तारबाट आफू हर्षित भएकोबताए । अन्य जीवन बिमा कम्पनीको तुलनामा प्रभुसँग राम्रा बिमा योजना भएको बताउँदै उनले इन्स्योरेन्सको बिमा सेवाबाट लाभ लिन स्थानीयलाई आग्रहसमेत गरे।
जीवन बिमालाई गाउँसम्म पु¥याउने उद्देश्यसहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले कम्पनीले जीवन बिमा बजारमा महŒवपूर्ण स्थान बनाउने दाबीगरे ।आगामी दिनमा कम्पनीले आवश्यकताअनुरूप देशैभर थप शाखा विस्तार गर्दै लैजाने र निकट भविष्यमा नै कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको सेयर निष्कासन गर्ने तयारी गरेको उनले जानकारी दिए ।