काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीका लागि ‘लोयल्टी पोइन्ट्स अफर’ र ‘रिफरल स्किम’ लन्च गरेको छ । प्रभु क्यापिटलले साउन मसान्तसम्म सञ्चालन हुने गरी ‘प्रभु क्यापिटल लोयल्टी एन्ड रिफरल टिकटक कम्पिटिसन’ सञ्चालनमा ल्याएको हो ।
यस टिकटक प्रतियोगितामा सहभागीहरूले प्रभु क्यापिटल लिमिटेडको टिकटक अकाउन्टमा राखिएको जिंगलको ओरिजनल साउन्डमा टिकटक बनाई ३उचबदजगयिथबतिथबलमचभाभचब िराखी पोस्ट गर्नुपर्ने हुन्छ । सबैभन्दा धेरै लाइकका आधारमा विजेता छनोट गरिने र विजेताले रु. १० हजार जित्ने क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ । ‘लोयल्टी पोइन्ट्स अफर’ र ‘रिफरल स्किम’बारे थप जानकारीका लागि प्रभु क्यापिटल लिमिटेडको फोन नम्बर ९८४००७६१०० मा सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ ।