काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आज सोमबारदेखि १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ ।
यसमा इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम ३०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्ने सम्पनीले जनाएको छ ।
आवेदकले न्यूनतम १ लाखदेखि अधिकतम सबै कित्ताका लागि साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं रहेको छ ।