वेलिङटन । न्युजिल्याण्डका न्याय मन्त्री किरी एलेनले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । मदीरा सेवन गरी सवारी चलाउँदा दुर्घटना परेपछि प्रहरीले किरी एलेनलाई हिरासतमा लिएको थियो।
न्यूजील्याण्डको सार्वजनिक सेवा रेडियो प्रसारक, रेडियो न्यूजील्याण्डका अनुसार न्याय मन्त्री किरी एलेनले कार दुर्घटना पछि राजिनामा दिएको हुन् । उनीमाथी लापरवाही तरिकाले ड्राइभिङ गरेको तथा एक पुलिस अधिकारीको आज्ञा पालन गर्न अस्वीकार गरेपछि कारबाहीका लागि सिफारिस गरिएको थियो ।
वेलिङटनमा कार ठोक्किएपछि प्रहरीले आइतबार राति किरी एलेनलाई नियन्त्रणमा लिएको थियो । यो घटनापछि किरी एलेनले एक विज्ञप्ति जारी गर्दै आफूले तत्काल सबै पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।