काठमाडौं, १२ पुस । भारतीय गायिका आशा भोस्ले यतिबेला काठमाडौंमा छिन् । उनलाई भिजिट नेपालको प्रचारप्रसार अभियानसँगै सम्मान कार्यक्रमका लागि साधना कला केन्द्रका तर्फबाट संगीतकार मिलन मोक्तानले ल्याएका हुन् । उनले शनिबार आज साँझ महँगो टिकटमा केही गीतहरु काठमाडौंको हाटल सोल्टीमा गाउँदैछिन् ।
भिजिट नेपालमा आएकी आशा भोस्लेलाई नेपाल बायुसेवा निगमको टिकट काटिएको थियो । तर, उनले नेपाल बायुसेवा निगमप्रति अविश्वास जनाउँदै नेपाली ध्वजाबहाक जहाल अस्वीकार गरेकी थिइन् । नेपाल बायुसेवा निगमका तर्फबाट आशाका लागि दिइएको टिकटमा उनी चढ्न नमानेपछि नेपाली ध्वजाबहाज जहाजको खिल्ली उडाइएको छ । उनले ध्वजाबहाज जहाज चढ्न अस्वीकार गरेपछि अन्य बिदेशी जहाजबाट उनलाई नेपाल ल्याइएको नेपाल बायुसेवा निगमका एक कर्मचारीले बताएका छन् ।
भिजिट नेपाल २०२० को नाममा करिब १५ लाख रुपैयाँ नेपाल पर्यटन बोर्डसँग यो कार्यक्रमका लागि लिइएको सुचना आफुहरुलाई प्राप्त भएको तर भिजिट नेपालकै एक पर्वधक नेपाली ध्वजावहाज जहाललाई अस्वीकार गरिएकोमा आफुहरु दुःखी भएको ती कर्मचारीले बताएका छन् ।
नेपाल साँगीतिक संघलाई सहआयोजक बनाएर आज शनिबार साँझ सोल्टी होटलमा आशा भोस्लेसहित रञ्जित गजमेरलाई सम्मान गर्ने कार्यक्रम छ । सम्मान कार्यक्रममा सहभागी हुनका लागि १० देखि १२ हजार रुपैयाँसम्मको टिकट राखिएको छ ।