Logo
Logo

बीवाईडीको टेस्ला मोडल वाई सार्वजनिक


1k
Shares

काठमाडौं । बीवाईडीले एलएफटी ब्याट्रीबाट चल्ने टेस्ला मोडल वाई कार सार्वजनिक गरेको छ । जर्मनीको बर्लिनस्थित गिगाफ्याक्ट्रीमा चाइनिज ब्रान्डको ब्याट्री प्रयोग गरिएको टेस्ला मोडलको पहिलो इलेक्ट्रिक कार सार्वजनिक गरिएको हो ।

बीवाईडीको अनुसार १५ मिनेटमा प्राप्त गर्ने चार्जिङ क्षमता समेत ६० प्रतिशतले बढेको छ । गत मे ४ मा बीवाईडी र टेस्लाले एकअर्कालाई सहयोग गर्ने घोषणा गरेको थियो । त्यसपछि बीवाईडीले टेस्लाको मोडल वाई उत्पादन सुरु गर्न थालेको थियो ।

यसमा ५५ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ । यसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने बताइएको छ । यद्यपि यो प्रोडक्सन मोडल नभई प्रोटोटाइप मात्र भएको जनाइएको छ ।

टेस्लाले भने चार महिना अघि नै ‘मोडल वाई’ सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्