काठमाडौं । चीन सरकाले विदेशमन्त्री छिन काङलाई बर्खास्त गरेको छ । एक महिनायता सार्वजनिक स्थानमा नदेखिएका उनलाई चीन सरकारले पदबाट बर्खास्त गरेको हो ।
गत डिसेम्बर अन्तिममा पद सम्हालेका चिनियाँ विदेशमन्त्री छिन काङ तीन सातायता सार्वजनिक रुपमा देखिएका थिएनन् । उनी एक महिना लामो सार्वजनिक कार्यक्रममा देखा नपरेपछि विभिन्न अड्कलबाजी भइरहेको थियो ।
राष्ट्रपति सी चिनफिङले आफ्नो तेस्रो कार्यकाल अघि बढाउने क्रममा छिन काङ प्रकरणलाई पनि ठूलो संकटका रुपमा लिइएको छ।
अब छिन काङको स्थानमा वाङ्ग यीले नै विदेश मन्त्रीको भूमिका निर्वाह गर्ने बताइएको छ । उनी चीनको विदेश नीति चलाउन राष्ट्रपति सीका विश्वासपात्रसमेत हुन् ।