Logo
Logo

दशौँ दिनमा सक्यो ‘प्रिन्ट मेकिङ कार्यशाला’


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ पुस । नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग र प्रिन्ट मेकिङ नेपालको संयुक्त आयोजनामा १० दिने प्रिन्ट मेकिङ कार्यशालाको समापन भएको छ ।
कार्यशालाको समापन नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले यो विधालाई प्रष्ठिानले सक्दो सहयोग गर्ने बाचा गरे । उनले कार्यशालामा सहभागी कलाकारहरुलाई प्रमाण–पत्र वितरण गरेका थिए ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव विपिन घिमिरे, प्राज्ञ सुषमा राजभण्डारी, प्राज्ञ बुद्धि गुरुङ, प्राज्ञ मिथिलादेवि यादव, प्रिन्ट मेकिङ नेपालका अध्यक्ष उमा शंकर शाह, वरिष्ठ कलाकार डा. सिमा शाह र वरिष्ठ कलाकार विजय थापालगायतको उपस्थित थियो ।
प्रिन्ट मेकिङ नेपालका अध्यक्ष शाहले प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभागको सहयोगमा कार्यशाला सफल भएको बताइन् । प्रज्ञा–प्रष्ठिानकी प्राज्ञ तथा चित्रकला विभाग प्रमुख सुषमा राजभण्डारीले १० दिन सम्म निरन्तर वरिष्ठ कलाकारदेखि युवाकलाकारहरु एकै थलोमा बसेर काम गरेको परिणाम स्वरुप कार्यशालामा बनेका कृतिहरुको प्रदर्शनी गर्ने र चाँडै दस्तावेदको रुपमा रहने गरी बृहत गोष्ठी आयोजना गर्ने बताइन् ।
यस कार्यशालामा सहभागी कलाकारहरु विरेन्द्रप्रताप सिह, उमाशंकर शाह, डा.सिमा शाह, सुषमा राजभण्डारी, सुर्दशनविक्रम राणा, सुनिता राणा, सम्झना राजभण्डारी, विपनामहर्जन, अमनमहर्जन, अमिर महत, अनिल मचामसी, अनिता भट्टराई, भिसान राजभण्डारी, विद्यामान तामाङ, दिपक मेहता, दिपक आउजी, दुर्गा सुनुवार, हितेश वैद्य, जगदिशलामा, जेनी घले, कृष्ण राउत, लक्ष्मिप्रसाद, मञ्जु खड्गा, मनिषा मानन्धर, मेनुका शाही, नविना सुनुवार, पुजा दुवाल, रविता किसी, रुकमणी श्रेष्ठ, संगिता घिमिरे, सन्तोष सिग्देल, सिसजेन जबेगु, सोनी राई, सुभाष तामाङ, सुदेष श्रेष्ठ, सुजनविर बज्राचार्य, सुजिता महर्जन, सुरेशा महर्जन, तामाङ, तासी लामा, तिसा श्रेष्ठ, साकार खड्गी, टिकादत्त दाहाल, उमेश शाहलगायतका कलाकारको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्