Logo
Logo

बर्खास्त चिनियाँ विदेशमन्त्री काङ पक्राउ परेका हुन् ?


6.4k
Shares

काठमाडौं । चिनियाँ विदेशमन्त्री छिन काङ पदमुक्त भएका छन् । उनको ठाउँमा पूर्वविदेशमन्त्री वाङ यी नियुक्त भएका छन् ।
विदेशमन्त्री काङ तीन सातादेखि सार्वजनिक कार्यक्रमहरूमा नदेखिएपछि विभिन्न अड्कलबाजीहरु भइरहेका छन् ।

गत जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि काङ सार्वजनिक रूपमा देखिएका छैनन् । गत साता इन्डोनेसियाको जाकार्तामा भएको दक्षिण–पूर्वी एसियाली मुलुकहरूको संगठन आसियानका विदेश मन्त्रीहरूको बैठकमा पनि काङ सहभागी भएनन् ।

यसअघि स्वास्थ्य अवस्थाका कारण आसियानको बैठकमा सहभागी नभएको बताइएको थियो । गत मंगलबार भएको चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले ’स्वास्थ्यका कारण काङ इन्डोनेसिया जान नसकेको’ बताएका थिए ।

तर, सोमबार भएको नियमित पत्रकार सम्मेलनका क्रममा भने चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले ‘यसबारे तपाईंलाई दिन मसँग कुनै सूचना छैन’ भनेपछि काङबारे अहिले विभिन्न अड्कलबाजीहरु भइरहेका छन् ।

चीनबाहिर रहेका विश्लषेकहरूले एक जना टेलिभिजन प्रस्तोतासँग काङको सम्बन्ध पनि यो घटनाको कारण हुन सक्ने बताएका छन् । जापानी सञ्चारमाध्यम कोयदो न्युजले ‘अतिरिक्त वैवाहिक सम्बन्ध’का कारण उनी सार्वजनिक कार्यक्रममा नदेखिएको उल्लेख गरेको छ । उनी हङकङमा रहेको फोनिक्स टिभीकी चर्चित प्रस्तोतासँग उनको सम्बन्ध रहेको चर्चा छ ।

यसअघि सामाजिक सञ्जाल ट्विटरमा विदेशमन्त्री छिन काङ र ती महिला पत्रकारको फोटो र भिडियोहरु सार्वजनिक भएपछि चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले स्पष्टिकरण पनि माग गरेको थियो । त्यसैकारण पनि काङ गिरफ्तारमा परेको हुनसक्ने अनुमान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्