Logo
Logo

विश्वका एक दर्जन अग्ला घर र टावरमा नेपाली झण्डा फहराइने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ पुस । ‘नेपाल भ्रमण वर्ष–२०२०’को प्रचारका लागि विश्वका ठूला शहरमा रहेका एक दर्जनभन्दा अग्ला भवन र टावरमा नेपालको राष्ट्रिय झण्डा तथा नेपाल भ्रमण वर्षको लोगो फहराइने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी गराएका हुन् । मन्त्री भट्टराईका अनुसार विश्वका एक दर्जन सहरका अग्ला भवन र टावरमा नेपाल र भ्रमण वर्षको लोगो फहराउने गरी तयारी गरिएको छ, जसका लागि गैरआवासीय नेपाली संघसँग छलफल भइरहेको छ ।
अष्ट्रेििलयाको सिड्नी, न्यूजिल्याण्ड, जापान, कोरिया, कतार, यूएई, हङकङ, जर्मनी, बेल्जियम, बेलायत, अमेरिका, क्यानडाका विभिन्न सहरमा रहेका अग्ला भवन र टावरमा नेपाली झण्डा फहराइने भएको छ । मन्त्री भट्टराईका अनुसार ३१ डिसेम्बरमा नेपालको झण्डा ती अग्ला घर र टावरमा फहराइनेछ । यसअघि युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा पहिलोपटक संविधान दिवसको दिन नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्