Logo
Logo

विप्लवका डेढ दर्जन कार्यकर्ता पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ पुस । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक डेढ दर्जनबढी कार्यकर्तालाई प्रहरीले आइतबार राजधानीको भृकुटीमण्डपबाट पक्राउ गरेको छ । सरकारविरोधी प्रदर्शन गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सरकारद्वारा प्रतिबन्धित नेकपाका जनवर्गीय संगठनले संयुक्त विरोध कार्यक्रम आयोजना गर्न लागेका थिए । सोही क्रममा प्रहरीले नेकपाका पूर्वकेन्द्रीय सदस्य मकर गुरुङसहित डेढ दर्जनलाई नियन्त्रणमा लिएको छ । उनीहरुले अमेरिकी सरकारसँगको एमसीसी सहयोग कार्यक्रम, कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको भूभाग भारतले आफ्नो क्षेत्रमा पारेको लगायतका मुद्दामा सरकारको विरोध गर्दै प्रदर्शनको तयारी गरेका थिए । नियन्त्रणमा लिइएका उनीहरुमाथि छनविन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्