Logo
Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रोपटक युरोमनी अवार्ड फर एक्सेलेन्स २०२३ बाट सम्मानित


504
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि युरोमनी अवार्ड फर एक्सेलेन्स २०२३ बाट सम्मानित भएको छ । युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो । एनआइएमबीले प्रतिष्ठित अवार्ड प्राप्त गरेको योसहित तेस्रोपटक हो ।

यसअघि दुईपटक सन् २०१८ र २०२१ मा पनि बैंकले यस अवार्ड हासिल गरेको थियो । वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकलाई उपयुक्त सेवा र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण एनआइएमबीलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको हो ।

युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष एनआइएमबीलाई सम्मानित गर्नुको अर्को कारण उल्लेख गरेको छ ।

बैंकको चुक्ता पूँजी ३४.१२ अर्ब रहेको छ । शेयरधनी कोष ५९.९५ अर्ब नेपालको वाणिज्य बैंकहरूमध्येकै सबैभन्दा उच्च हो । बैंकले दुई सय ९६ शाखा, दुई सय ८० एटिएम, ६२ वटा एक्सटेन्सन काउन्टरहरु र एक सय सात शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ३० लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । उत्कृष्ट सेवाका लागि सातवटा बैंक अफ दि इयर अवार्ड प्राप्त गरेको आइएसओ ९००१ः२०१५ प्रमाणित र इक्रा नेपालबाट ‘ए’ क्रेडिट रेटिङ दिइएको बैंक हो ।

प्रतिक्रिया दिनुहोस्