काठमाडौं । प्रभु बैंक लिमिटेड र न्यू प्लाजा पुतलीसडकस्थित पिजफाइर रेष्टुरेन्टबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक शेखरराज वस्ताकोटी र पिजफाइर रेष्टुरेन्टका तर्फबाट कार्यकारी निर्देशक तथा प्रोप्राइटर महेश खत्रीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रभु बैंक र उक्त रेष्टुरेन्टबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहक महानुभाव तथा बैंकका सम्पूर्ण कर्मचारीले पिजफाइर रेष्टुरेन्टद्वारा प्रदान गरिने ‘फुड’ र ‘वेभरेज’ सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।
उक्त सम्झौताअन्तर्गत पिजफाइर रेष्टुरेन्टमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावले प्रभु बैंकको क्युआरकोड डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानल प्रयोग गरी भुक्तानी गर्दा, पिजफाइर रेष्टुरेन्टमा विशेष ग्राह्यता प्रदान गरिने व्यवस्था मिलाइएको छ । सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभाव लाभान्वित हुनुहुने बैंकले विश्वास लिएको छ ।