Logo
Logo

भौतिकमन्त्री नेम्बाङद्वारा कीर्तिपुर तीनथाना जोड्ने पुलको शिलान्यास


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले किर्तिपुर तीनथाना जोड्ने पक्कि पुलको शिलान्यास गर्नु भएको छ । शनिबार निर्माण स्थलमा इँटा राखेर पुलको शिलान्यास गर्नुभएको हो ।

अर्को बर्ष मंसिरमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो मोटरेबल पुलको २५ मिटर लम्बाई र फुटपाथ सहित ११ मिटर चौढाइ रहेको छ । किर्तिपुर तीनथाना सडक खण्ड स्थित बल्खु खोलामा निर्माण प्रारम्भ गरिएको यो पुल ३ करोड, ४४ लाख, ७१ हजार लागतमा सम्पन्न हुनेछ ।

कीर्तिपुर तीनथाना हुदै चन्द्रागिरी जोड्ने यो बाटोलाई ऐतिहासिक मार्गको रुपमा लिइन्छ । चन्द्रागिरी दहचोक हुँदै पृथ्वीनारायण शाहले काठमाण्डौ कब्जा गर्न आउँदा यहिबाटो प्रयोग गरेका थिए ।

शिलान्यासपछि मन्त्री नेम्बाङले पुर्खाले बनाएको ऐतिहासिक पुलको ठाउँमा पक्कि पुल निर्माण सुरु गरेको बताउँनु भयो । उहाँले भनुभयो ‘ऐतिहासिक पुर्खाले निर्माण गरेको पुरानो पुलको ठाउँमा नयाँ पुलको शिलान्यास गर्न सफल भएका छौ । सरकार यस्ता सानादेखि ठुलाठूला धेरै पुलहरुको निर्माण गर्न चाहन्छ । यो आर्थिक बर्ष भित्र मात्र ३ सय पुल निर्माण हुँदैछ ।’

कम्युनिष्ट पार्टीको जगमा उभिएको सरकारले समृद्ध नेपाल, सुखी नेपाली निर्माणको अभियानलाई अघि बढाएको उल्लेख गर्दै उहाँले काठमाण्डौ उपत्याकासहित देशभरी योजनाबद्ध ढंगले विकास निर्माणको कार्यलाई अघि बढाएको बताउनु भयो । अबको सरकारको लक्ष्य भनेकै रेलमार्ग, सुरुङ मार्ग, पानीजहाज लगायत ठूला ठूला योजनाहरुलाई सफल बनाएर अविकसित मुलुकबाट विकासन्मुख मुलुकको रुपमा पुर्याउने उल्लेख गर्नु भयो ।

योजनाहरु अघि बढाउन कानुनी अप्ठ्याराहरु संशोधन प्रक्रिया अघि बढेको जानकारी गराउँदै उहाँले विकास निर्माण सबैको साझा एजेण्डा भएको बताउनु भयो । उहाँले भन्नु भयो ‘विकास निर्माण सबैको साझा एजेण्डा भएकाले सबै जनप्रतिनिधि, सबै संघसस्था, सबै स्थानीय बासिन्दाहरुले सहयोग र खबरदारी गरेर समयमै पुल निर्माण सम्पन्न हुनेछ ।’
धुवाँ धुलोको मुख्य समस्या रहेको राजधानीका चाबहिल–गौशला सडक खण्डको निर्माण ६ महिना भित्र सम्पन्न हुने उल्लेख गर्दे काठमाण्डौसंग जोड्ने नुवाकोट नगरकोट, थानकोट हेटौडा जानेबाटो पनि तीब्र ढंगले निर्माण कार्यलाई अघि बढाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्