काठमाडौं । टोखा मिलन टोलस्थित एक होटलबाट जुवा खेलिरहेको अवस्थामा १२ जना जुवाडेलाई प्रहरीले पक्रउ गरेको छ ।
राजेन्द्रप्रसाद जोशीले सञ्चालन गरेको सेती गण्डकी गेष्ट हाउसमा जुवा खेलिरहेका उनीहरूलाई १० लाख ४४ हजार ५०० नेपाली नगद र २५ सय भारूसहित आइतबार राती ९ बजे पक्राउ गरेको हो ।
प्रहरी वृत्त महाराजगन्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए ।