काठमाडौं । सशस्त्र प्रहरी बलमा पछिल्लो समय धेरै सुधार भए पनि कतिपय पावरफुल अधिकृतहरुको अझै हालिमुहाली छ । जून हालै भएको लेखापालहरुको सरुवाले देखाउँछ । ५ बर्षसम्म केन्द्रीय लेखा बसेर अुकत आर्जन गरेका डिएसपी गणेश मल्ललाई बलम्बुस्थित नेपाल एपीएफ अस्पतालको लेखामा सरुवा गरिएको छ । यस्तै, डिएसपी उर्मिला थापा लाई स्टाफ कलेजको लेखापाल बनाइएको छ । यी दुई सशस्त्रका यस्ता भाग्यमानी अधिकृत हुन्, जसले जागिरदेखि अहिलेसम्म उपत्यका छाड्नुपरेको छैन ।
उर्मिला यसअघि अस्पताल, कार्य बिभाग, एकेडेमीमा लेखापालका रुपमा काम गरेकी थिइन् । अहिले पोखरास्थित हुलदंगा ब्यबस्थापन तालिम केन्द्रमा सरुवा भएकोमा तत्काल काज गराएर स्टाफ कलेज जान सफल भएकी छिन् । बाघबैरब गुल्म कान्तिपथको गुल्मपति रहेकी डिएसपी रजनी थापा पनि उपत्यकामै बस्दै आएकी छिन् ।
इन्सपेक्टर प्रमिला श्रेष्ठ जागिरको २० औं बर्षमा पनि भ्याली बाहिर गएको रेकर्ड छैन । यता लेखापालहरु कोहि काठमाडौ छोड्नु नपर्ने र कोही भ्याली आउन नपाउने जस्तो छ । सुर्खेत बाहिनी सरुवा भएका डिएसपी महेन्द्र हमाल कल्याणकारी सेबा केन्द्रमा काजमा राखिएका छन् । भुकम्पले चर्काएको घर करोडौं मुल्यमा अस्पताललाई बेचेर भ्रष्टाचार गरेको आरोप उनलाई फेरि कल्याणकारी सेवा केन्द्रको जिम्मामा आउन सफल भएका छन् ।
उता आइजिपी राजु अर्याल पशुपतिनाथ बाहिनिमा बाहिनीपति हुँदा लेखापाल रहेका सुदनराज गिरी आइजिपीको मान्छे हुँ केन्द्रीय लेखा जांँदैछु भनेर गफ दिँदै हिँडेकोमा अहिले हिस्स भएका छन् । केन्द्रीय लेखा त सरुवा भए तर बिगतमा गणेश मल्लको हैसियतमा आउन खोजेका उनलाइ पहिलो गांसमै ढुंगा लागेको छ । किनकि, केन्द्रीय लेखाको जिम्मा अब एसपी सुरेश खतिवडालाई दिइएको छ । जसका कारण गिरी हिस्स परेका हुन् ।
यता पेट्रोल पम्पमा बसेर तर मारेका इन्सपेक्टर बिजय थापा ककनी तालिम केन्द्रमा जान सफल भएका छन् ।