काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बाहिर चर्का कुरा गरे पनि भित्र भित्र करोडौं कमशिन खाने योजना बनाएका छन् । नेपाल वायुसेवा निगममा आन्तरिक उडानको लागि नयाँ जहाज खरिद प्रक्रिया सुरु भएको जानकारी सार्वजनिक गरेपछि निगम कर्मचारीहरुले जिब्रो टोक्न थालेका छन् ।
निगमका निर्धारित उडानहरु पनि नियमित रुपमा सञ्चालन गर्न नसक्ने इन्जिन भाडाको कमिशन मन्त्रीलाई बुझाएर युवराज अधिकारीले पद थमौती गरेको निगम स्रोतले बताएको छ । निगमले पहाडी र हिमाली क्षेत्रमा सेवा बढाउन तीनवटा ट्वीनवटर र ट्रङ्क रुटमा प्रतिस्पर्धा गर्न दुईवटा एटीआर जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
सञ्चय कोषले ऋण नदिने
निगमको वर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको साँवा ब्याजको किस्ता नियमित रुपमा तिरिरहेको हल्ला गरेपनि त्यसमा सत्यता नरहेको कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले हालै एक अन्तरवार्तामा बताएका छन् ।
प्रशासक धितालले भनेका छन्, “वायुसेवा निगमका चार वटा विमानमध्ये तीन वटामा हामीले ‘फाइनान्सिङ’ गरेका छौँ । हामीले रु २२ अर्ब जति लगानी गरेका छौँ । त्यो ऋण बढेर रु २९ अर्ब जति पुगेको छ । कोरोनाका कारण उसले ऋण तिर्न सकेन । सरकारले सुनिश्चितता गरेको ऋण भएका कारण पनि उहाँहरुले चासो नदिएको हो कि भन्ने लाग्छ ।”
“पछिल्ला दिनमा हामीले ऋण ति¥यौँ भनेर जसरी उहाँहरुले प्रचार प्रसार गरिरहनुभएको छ, त्यसमा मलाई अचम्म लागेको छ । हामीलाई नियमित रुपमा पूरा किस्ता तिर्नुभएको छैन । अर्काेतर्फ हामीले ति¥यौँ भनेर प्रचार गराउनुभएको छ । यस्तै, नयाँ जहाज खरिदको प्रक्रिया अगाडि बढाएको पनि भनिएको छ । यो एक आपसमा मिल्दो विषय भएन । हाम्रो ऋण ‘प्रोभिजनिङ’ हुँदा सञ्चयकर्ताले प्राप्त गर्ने लाभ प्रभावित भएको छ । हामीले लगातार पहल गरेपनि निगमले पारदर्शिता देखाउन सकेको छैन, वास्तविकता यही हो ।”
जर्मनीको कम्पनीलाई ठेक्का दिन प्राविधिक मूल्यांकनको मापदण्ड नै फेरिएको छ । यसमा निगमका पदाधिकारीहरुको महंगोलाई दिएर कमिशन पनि झारे भने अर्कोतिर खाडीमा रहेको इन्जिन जर्मनी पुर्याएर मर्मत गर्न ढिलाई हुँदा भाडाको इन्जिनको कमिशन पनि निरन्तर खाइरहे । एउटा इन्जिन मर्मत हुन एकबर्ष पनि बढी लाग्ने यो नेपालमा बाहेक संसारमा कतै पनि हुँदैन ।
निगमले नयाँ जहाज खरिद गर्ने प्रक्रियामा पुनःऋणका लागि कोषमा आएको खण्डमा प्रक्रिया अगाडि बढाउनु हुन्छ कि हुँदैन भन्ने प्रश्नमा प्रशासक धितालले भनेका छन्, “निगमको हालको अवस्थामा नैतिक हिसाबले ऋण माग्न आउन सक्ला भन्ने मलाई लाग्दैन । र, मलाई लाग्छ नेपाल सरकारले पनि ऋण देऊ भन्दैन होला । हालकोे सञ्चालन अवस्थामा निगमलाई हामी ऋण दिन सक्दैनाँै ।
यसमा म कुनै पनि सम्भावना देख्दिन । सुरुमा राम्रै गरे पनि पछिल्लो समय ऋण तिर्न भन्दा ऋण तिरेको हल्ला बढी भयो । सरकारको आवश्यकता हेरेर, हामीले दोस्रो पटक वाइडबडी जहाज खरिदका लागि पुनःऋण दिएको हो । निगममा फेरि पनि भन्छु, पारदर्शिता छैन । महालेखा परिक्षकले हामीलाई पटक पटक प्रश्न उठाइरहेको छ । त्यसकारण अब थप ऋण दिन सकिँदैन ।”
सबैभन्दा बढी कर्जा लिएको संस्थाले निगमलाई खराब ऋणीको दर्जामा राखेपछि नेपालका अन्य बाणिज्य बैंक र वित्तीय संस्थाहरुले पनि ऋण दिन सक्ने संभावना लगभग समाप्त भएको छ । यसैले निगमको वर्तमान नेतृत्वबाट नयाँ जहाज आउने र निगम सुध्रिने आशा लगभग समाप्त भएको छ ।
कमिशन मोहले इन्जिन मर्मतमा ढिलाइ
निगमको नेतृत्वको अक्षमता आफ्ना इन्जिन समयमा नै मर्मत नगरेर भाडाको इन्जिन चलाइरहनुले पनि देखाएको छ । निगमको नाइन एन एकेडब्ल्यु संकेतको सगरमाथा जहाज सन् २०२१ को डिसेम्बरमा कतारको दोहामा अवतरण गरेपछि यसको बाँया इन्जिन बिग्रिएको थियो ।
जहाज ग्राण्डेड भएपछि पनि सञ्चालक समितिको आपत्कालीन बैठक बोलाउन नसक्दा जहाज ६० दिन अर्थात २ महिना ग्राउण्डेड भएको थियो । सञ्चालक समितिको बैठक बस्न नसकेपछि कार्यकारी अध्यक्षको अधिकार उपयोग गरेर छोटो नोटिसमा निगमले २०२२ को मार्च ५ देखि एमटीयूको इन्जिन ९० दिनको लागि भाडामा लिएको थियो ।
निगमले आफ्नो बिग्रेको इन्जिन समयमा नै मर्मतसंभार गरी भाडाको इन्जिन फिर्ता गर्नुपर्नेमा कमिशनकै लागि हालसम्म विभिन्न कृतिम बाहना निकालेर त्यो इन्जिन अझै भाडामा लिइरहेकोे छ ।
निगमका उच्च सूत्रले दिएको जानकारी अनुसार सो इन्जिन भाडामा लिँदा दैनिक भाडा २ हजार डलर, प्रतिघण्टा उडान भाडा २ सय ७८ डलर र प्रति साइकल भाडा २ सय ३९ डलर लाग्ने सम्झौता भएको छ । यो हिसाब गर्दा दैनिक ६ हजार ५ सय ७० डलर अर्थात ८ लाख ६० हजार ६ सय ७० रुपैया जति पर्न आउछ । यो अगष्ट ४ सम्म पनि निगमको बिग्रेको इन्जिन मर्मत भएर फिर्ता आयो भने १८ महिना हुन्छ । तर, अझै आउने छाँटकाँट छैन ।
एक महिनाभित्र प्रतिस्थापन भएन भने १९ महिना हुन्छ । निगमले भाडाको इञ्जिनमा झण्डै साढे ४६ करोड खर्च गरिसकेको छ । एक महिना लम्बियो भने भाडा बापत बुझाएको रकम ४९ करोड पुग्छ । यतिमा नयाँ इन्जिन नै छ स्रोतले भन्यो ।
भाडाको इन्जिनको कमिशन मोहका कारण आफ्ना इन्जिन मर्मतमा निगमले लापर्वाही गर्दै आएको छ । इन्जिन भाडामा लिन कार्यकारीको अधिकार उपयोग गर्ने अधिकारीले डिसेम्बरमा बिग्रिएको इन्जिन मर्मतमा भने तदरुकता अपनाएनन । मार्च पछि मात्रै मर्मतका लागि इजरायल पठाइयो । सन् २०२२ को जुलाई ३० मा सगरमाथा जहाजको दायाँ इन्जिनमा समस्या देखियो । जहाज फेरि ग्राउन्डेड भयो ।
यो दोस्रो इन्जिन मर्मतमा निगमले झन लापरवाही गर्यो । इजराइलमा रहेको इन्जिन सस्तो दर प्रस्ताव गरेको त्यहीको कम्पनीलाई मर्मतमा नदिएर कमिशन खान महंगो दर प्रस्ताव गरेको जर्मनीको कम्पनीलाई दिइयो ।
जर्मनीको कम्पनीलाई ठेक्का दिन प्राविधिक मूल्यांकनको मापदण्ड नै फेरिएको छ । यसमा निगमका पदाधिकारीहरुको महंगोलाई दिएर कमिशन पनि झारे भने अर्कोतिर खाडीमा रहेको इन्जिन जर्मनी पुर्याएर मर्मत गर्न ढिलाई हुँदा भाडाको इन्जिनको कमिशन पनि निरन्तर खाइरहे । एउटा इन्जिन मर्मत हुन एकबर्ष पनि बढी लाग्ने यो नेपालमा बाहेक संसारमा कतै पनि हुँदैन ।
निगमले हालै इन्जिन मर्मत संभारको टेण्डर खोलिएको जनाएको छ । सो टेण्डरमा इजराइलको र जर्मनीको प्रस्ताव परेको छ। आर्थिक प्रस्ताव इजराइली कम्पनीको सस्तो रहेको छ ।
अघिल्लो पटक प्राविधिक प्रस्तावमा बढी नम्बर दिएर ठेक्का दिएको जर्मन कम्पनीले इजराइलको भन्दा पनि मर्मतमा बढी समय लगाएकोले अहिले निगमको व्यवस्थापनले के गर्छ?यसै भन्न नसकिने भएको छ ।तर इन्जिन भाडा र मर्मतमा भएको भ्रष्टाचारको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीमा भने विस्तृत छानविन भइरहेको छ ।