Logo
Logo

हेडक्वार्टरमा व्यापारीको भीड


267.8k
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा यतिबेला व्यापारीहरूको भीड लाग्न थालेको छ । एकैपटक सवा अर्बको ठेक्का प्रक्रिया अघि बढेपछि ठेकदारहरू सेटिङ मिलाउने दौडधुपमा लागेका छन् ।

गत साता प्रहरी प्रधान कार्यालयले प्रहरीका बन्दोबस्तीका सामानको ठेक्काको सूचना निकालेको हो । हरेक वर्ष यो ठेक्कामा सेटिङ हुने गरेको छ । जसमा करोडौं कसिमन प्रहरी तथा गृह नेतृत्वमा पुग्ने गरेको छ ।

प्रहरीमा खरिद हेर्ने प्रशासन विभागको प्रमुखमा एआइजी दीपक थापा छन् । जो प्रहरीमा खरिदका विज्ञको रुपमा चिनिन्छन् । डिएसपी हुँदादेखि नै उनीले सो विभाग हेर्दै आएका छन् । अहिले पनि आइजिपी वसन्तबहादुर कुँवरले उनै थापालाई यसको जिम्मा दिएका छन् । त्यसकारण व्यापारीहरुले ठेक्का मिलाउन शक्तिकेन्द्रदेखि प्रहरी मुख्यालय धाएको स्रोत बताउँछ ।

प्रहरी महानिरीक्षक स्वच्छ छविका मानिन्छन् । तर, खरिदको बेला स्वच्छ छवीका आइजिपीलाई अन्य प्रहरीले झुक्याएर आफू कमिसन खाँदै आएका पनि छन् । एआईजी थापा भावी आइजीको लाइनमा भएकोले पनि आफू खरिदसम्बन्धी विवादमा पर्न चाहँदैनन् ।

उता, हतियार खरिदका लागि पनि एक समूह गृह मन्त्रालयदेखि बालुवाटारसम्म सक्रिय छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा हतियार किनाउनका लागि भनेर चलखेल भइरहेको छ । गत वर्ष पनि खरिद प्रक्रिया नै अघि बढेकोमा पछि विवादले रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्