काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा प्रवद्र्धित एनआईबीएल म्युचुअल फण्डअन्तर्गतका योजनाहरुको व्यवस्थापक तथा डिपोजटरी रहेको एनआइएमबी एस क्यापिटल र गोल्छा ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् र हंसराज हुलासचन्द एन्डबीच एक सम्झौता भएको छ ।
एनआइबीएल म्युचुअल फण्डअन्र्तगत सञ्चालित एनआइबीएल सहभागिता फण्डमा ‘कर्पोरेट पेरोल एसआइपी’ लगानी गर्ने उद्देश्यका साथ सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअन्तर्गत हिम इलेक्ट्रोनिक्स् तथा हंसराज हुलासचन्द एन्डको कर्मचारीहरुले आफ्नो इच्छाअनुरुप मासिकरुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआइबीएल सहभागिता फण्डको व्यवस्थित लगानी योजनामार्फत लगानी गर्न सक्नेछन् ।
उक्त सम्झौतामा हंसराज हुलासचन्द एन्डको तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक एचआर नीता राणा, तथा हिम इलेक्ट्रोनिक्स्का तर्फबाट उपप्रबन्धक नीलम केसी र एनआइबीएल एस क्यापिटलको तर्फबाट कम्पनीका नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।