- माथवरसिंह बस्नेत
नेपाली कांग्रेसले भोलि ४४ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदैछ । २०३३ सालको पुस १६ गते बीपी कोइराला र गणेशमान सिंह भारतको ८ वर्ष लामो निर्वासन त्यागेर स्वदेश फर्केको दिन थियो, त्यो । त्यस बेला राजाको निरंकुशता शासनको १६ वर्ष पनि पूरा भइसकेको थियो । निर्दलीय पंचायत व्यवस्था लादिएको पनि १४ वर्ष भइसकेको थियो । त्यसबीचमा राजाको निरंकुश शासन व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनस्थापनाका लागि कांग्रेसले सुवर्णशम्शेरको नेतृत्वमा २०१८ सालमा र बीपी कोइरालाको नेतृत्वमा २०२८ सालमा शुरुभएको सशस्त्र संघर्ष पनि असफल भइसकेको थियो । कम्युनिष्ट पार्टीको एउटा समूहले २०३९ सालमा झापाबाट थालेको नक्सलाइट मुभमेन्टको नेपाली संस्करण पनि दमनको शिकार भएर शिथिल बनिसकेको थियो । राजा महेन्द्रको निधन भएर बीरेन्द्रले उत्तराधिकारमा सक्रिय नेतृत्व सम्हालेका थिए । उनको राज्याभिषेकपछि गाउँफर्कका माधयमबाट निर्दलीय पंचायत, एकदलीय अधिनायकमा रुपान्तरित भएको थियो । संक्षेपमा देश, राजाको निरंकुशताको चरमावस्था र पंचहरुको चकचकिले विरोधी क्रियाकलापको चकमन्नताबाट गुज्रिरहेको थियो ।
कांग्रेसको सफल नेतृत्व बीपी कोइरालाले गरेकाले उनको नैतिक धरातल यति उन्नत र मजबूत थियो कि उनी आफैं अघोषित रुपमा राष्ट्रिय एकता र मेलमिलापका द्योतक बन्नपुगे । राजाले पनि उनको त्यस्तो स्थान र स्थितिलाई आत्मसात गर्न वाध्य हुनुप¥यो । त्यसपछि सत्रसालदेखि प्रजातन्त्रमा जमेको हिँउ पग्लिनथाल्यो । कालान्तरमा त्यही जगमा खडा भएर उनका उत्तराधिकारी गणेशमान सिंहको आव्हान र नेतृत्वमा कांग्रेस र कम्युनिष्ट मिलेर गरेको २०४६ सालको ऐतिहासिक संयुक्त जनआन्दोलनले पंचायत व्यवस्थाको अन्त्य गरेर २०१७ साल पुस १ गते अपहरित प्रजातन्त्रको पुनस्र्थापना गरिछाड्यो ।
अन्तर्राष्ट्रिय परिस्थिति पनि प्रजातन्त्रको प्रतिकूल थियो । भारत र सोभियतसंंकका बीचमा बीस वर्षे एलाइन्स भएको थियो र त्यसको उद्देश्य दक्षिण एशियामा अमेरिकी प्रभाव रोक्नु थियो । त्यही रणनीति अन्तरगत उनीहरुले पाकिस्तान टुक्राएर बंगलादेश खडा गरिसकेका थिए । त्यत्तिन्जे संरक्षित राज्य– सिक्किमलाई भारतले आफूमा विलय गराएको थियो । पाकिस्तानमा यद्यपि, जुल्फिकार अलि भुट्टोको सरकार थियो तर त्यसका पछाडि सेना र सेनाका पछाडि अमेरिका थियो । त्यसैले त्यो देश, राजनिितक रुपमा अस्थिर थियो । अफगानिस्थानमा सोभियतसंघले राजा जहिर शाहलाई हटाएर गणतन्त्र घोषित मात्र गराएको थिएन, आफ्नै कठपुतलीलाई सत्तारुढ गराएको थियो । भारतमा इलाहावाद उच्च अदालतले ईन्दिरा गान्धीले धाँधली गरेर चुनाव जितेको ठहर गरेर उनको सांसद पद खारेज गरेको थियो । त्यसपछि प्रधानमन्त्रीबाट राजीनामा दिनुको सट्टा उनले संकटकाल घोषित गरेर सम्पूर्ण विरोधी दलका नेता तथा कार्यकर्तालाई जेलमा थुनेकि थिइन् । चीनमा सांस्कृतिक क्रान्ति असफल भइसकेको थियो । माओको निधनपछि उनकी पत्नी चियाँङ चिङलगायत ग्याङ अफ फोर र तङ सियाओ पिङका बीचमा पार्टी र सत्ता कब्जा गर्ने भयानक संघर्ष चलिरहेको थियो । संक्षेपमा दक्षिण एशियाबाट सोभियतसंघको प्रभाव अन्त्य गर्न अमेरिकाले भारतलाई घेर्ने नीति अपनाएको थियो र ती दुई विश्व शक्तिबीचको टकरावबाट उत्पन्न हुने अस्थिरतामा राजा र जनता अलग रहे भने नेपाल भयानक द्वन्द्वमा फँसेर नेपालको स्वतन्त्र अस्तित्व नै समाप्त हुनसक्ने खतरालाई चिर्न बीपी कोइरालाले मेलमिलापको त्यो प्रस्ताव अघि सारेका थिए ।
नेपाली कांग्रेसका सभापति तथा २०१५ सालमा भएको इतिहासकै पहिलो आमचुनावमा दुई तिहाई बहुमत प्राप्त गरेर सरकार गठन गरेका र २०१७ साल पुस १ गते राजा महेन्द्रबाट अपदस्थ प्रधानमन्त्रीका हैसियतले बीपी कोइरालाले नेपाली जनताका नाममा जुन अपिल प्रकाशित गरेका थिए, त्यसका माध्यमबाट उनले राजा र कांग्रेसका बीचमा त्यसअघि उत्पन्न अप्रिय तथा तिक्ततापूर्ण प्रसंगलाई भूलेर अथवा बिर्सेर राष्ट्रमाथि आइपरेको संकटबाट मुलुकलाई जोगाउन एकता र मेलमिलाप आवश्यक परेकाले आफूमाथि गंभीर प्रकारका आठवटा राजकाज सम्वन्धी मुद्दा चलिरहेको भए पनि त्यसको परिणामको पर्वाह नगरि स्वदेश फर्कन लागेकाले नयाँ परिस्थितिमा आफू र आफ्नो पार्टीको मिसनलाई सहयोग प्रदान गर्न सबैलाई आव्हान गरेका थिए ।
राजनीतिक शास्त्रका विद्यार्थीलाई बोध भएको तथ्य यही हो कि त्यस्तो एकता र मेलमिलापको आव्हान, सत्ताको निर्णयक भूमिकामा रहेका राजा, राष्ट्रपति अथवा सैनिक तानाशाहबाट भयो भने मात्र त्यो प्रभावकारी र परिणाममुखि हुन्छ । किनभने उसले आफ्ना विरोधीलाई अटाउने खालको राजनीतिक पद्धतिको सुधार गर्ने, सत्ताको साझेदार तुल्याउने, जेलमा रहेका, विदेशमा निर्वासित भएका तथा भूमिगत रहेका सबैलाई आममाफी र क्षमादान दिएर मूलधारको राजनीतिमा ल्याउने काम गर्नसक्छ । राजनीतिक परिवर्तनलाई संस्थागत तुल्याउन र सम्पूर्ण प्रक्रियालाई वैधता प्रदान गर्न सत्ता पक्ष र विद्रोही पक्षका बीचमा त्यस प्रकारको सम्झौता गर्न गराउन सम्झौताको वातावरण तयार पार्न त्यस्तो अपिल गर्ने विश्वव्यापी चलन छ । त्यसरी दिन र लिनसक्नेले मात्र त्यस्तो आव्हान गर्न सक्नेमा नेपालमा उल्टो काम भएको थियो । विपक्षी तथा विद्रोही नेताबाट त्यस्तो आव्हान भएको उदाहरण अन्त कतै भएको थिएन । नेपालमा भने त्यस्तो उल्टो कामको पनि सुल्टो परिणाम निक्ल्यो । उनको त्यस्तो सम्वोधनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियजगतमा तरंग उत्पन्न ग¥यो । प्रतिपक्षी, त्यो पनि विद्रोही नेता, जसले युद्धको मैदानमा पराजय स्वीकारी सकेको छ, उसले त्यस्तो मेलमिलापको प्रस्ताव राख्नु हाँस्यास्पद घटना मानिनु अस्वभाविक थिएन । त्यसैले सत्तामा रहेको पंचायत सरकारले पनि त्यस्तो आव्हानलाई महत्वहीन मात्र होइन, अर्थहीन पनि घोषित ग¥यो र उनीहरुलाई एयरपोर्टबाटै गिरफ्तार गरेर सुन्दरीजलको त्यही सैनिक जेलमा लगेर थुन्यो, जहाँ उनीहरु दुवैजना आठवर्ष त्यही जेलमा बिताएर आठ वर्षअघि त्यहाँबाट छुटेका थिए । त्यत्ति मात्र होइन, पंचहरुले विगतका राज्यविरुद्धका गंभीर अपराधका निम्ति उनीहरुलाई फाँसीको सजायको माग पनि गरे ।
राजकाजको कुरा गर्न हुन्न, राणाजीले सुने भने जिब्रो थुत्छन् भन्ने युगलाई पर्लक्क पल्टाएर राजकाजमा जनता तत्वको भूमिका स्थापित गर्ने सातसालको राज्यक्रान्तिका सूत्रधार थिए– बीपी कोइराला । निश्चय नै, १९९७ सालको प्रजापरिषद्को पहिलो जनविद्रोहले पनि त्यही लक्ष प्राप्त गर्न खोजेको थियो । तर त्यसका लागि जस्तो संगठित शक्ति र प्रखर नेतृत्वको खाँचो थियो, त्यसलाई प्रजापरिषद्ले पूरा गर्न सकेको थिएन । त्यसलाई पूरा ग¥यो, नेपाली कांग्रेसले । कांग्रेस आफैं पनि एकैचोटी क्रान्तिको नेतृत्व गर्ने स्थान र स्थितिमा पुगेको थिएन । राष्ट्रिय कांग्रेसदेखि नेपाली कांग्रेस गठनसम्मको यात्रामा उसले अनेक प्रकारका उतारचढावको सामना गर्नुप¥यो, तैपनि कांग्रेस आफ्नो आदर्श र लक्षमा अविचलित भएर अघि बढ्यो । फस्वरुप नेपाललाई मध्ययुगीन अँध्यारो गुफाबाट बाहिर निकालेर आधुनिक युगको उज्यालो प्रकाशमा प्रवेश गराउन सफल भइछाड्यो । त्यही क्रान्तिको पृष्ठभूमिका कारण नेपाली जनताले पहिलो आमचुनावमा कांग्रेसलाई दुई तिहाईको बहुमत दिएका थिए । राष्ट्रले हासिल गरेका ती उपलब्धीको नेतृत्व कांग्रेसले गरेको र कांग्रेसको सफल नेतृत्व बीपी कोइरालाले गरेकाले उनको नैतिक धरातल यति उन्नत र मजबूत थियो कि उनी आफैं अघोषित रुपमा राष्ट्रिय एकता र मेलमिलापका द्योतक बन्नपुगे । राजाले पनि उनको त्यस्तो स्थान र स्थितिलाई आत्मसात गर्न वाध्य हुनुप¥यो । त्यसपछि सत्रसालदेखि प्रजातन्त्रमा जमेको हिँउ पग्लिनथाल्यो । कालान्तरमा त्यही जगमा खडा भएर उनका उत्तराधिकारी गणेशमान सिंहको आव्हान र नेतृत्वमा कांग्रेस र कम्युनिष्ट मिलेर गरेको २०४६ सालको ऐतिहासिक संयुक्त जनआन्दोलनले पंचायत व्यवस्थाको अन्त्य गरेर २०१७ साल पुस १ गते अपहरित प्रजातन्त्रको पुनस्र्थापना गरिछाड्यो ।
कांग्रेसले बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलाप कसबाट जोगिन र कसलाई जोगाउन गरेका थिए, त्यही बिर्सेकाले देशले आजको अन्योल झेल्नु परेको हो । कांग्रेस गणतान्त्रिक बनिसकेको परिप्रेक्षमा अब राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउनुको कुनै तुक शेष बचेको छैन । तैपनि उसले बिरालो बाँधेर श्राद्ध गर्ने परम्परालाई कायम राखेको देख्दा यो प्रश्न स्वभाविक रुपमा उठ्छ कि उनीहरुले बीपी कोइरालाप्रति आस्था र निष्ठा प्रकट गरेको हो कि उनलाई गिज्याएको हो ? त्यो बुझ्न धेरैलाई गाहारो परेको छ । कांग्रेसमा आफ्ना आदर्श र सिद्धान्तप्रतिको खेलवाड र नैतिकता र चरित्रबाट पतनको जुन शृंखला शुरु भएको छ, त्यसबाट विरक्त भएर त्यसका संस्थापक नेताहरु– गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले जसरी आफ्नो लामो राजनीतिक जीवनको संध्याकालमा आएर आफैंले स्थापना गरेको पार्टी– कांग्रेस परित्याग गर्नु परेको थियो, त्यसैगरि आज यदि बीपी कोइराला जीवित हुन्थे भने प्रजातान्त्रिक मूल्य र मान्यतामा आएको ह्रास र नेताहरुका नैतिकता र चरित्रको चरम पतनको अवस्थाबाट व्यथित भएर उनले त आत्महत्या नै गर्ने थिए ।