Logo
Logo

क्यानडाका प्रधानमन्त्रीले १८ वर्षे बैवाहिक सम्बन्ध टुंग्याए


2.2k
Shares

एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो १८ वर्षे बैवाहिक सम्बन्ध टुंग्याएका छन् । सन् २००५ मा विवाह गरेका उनले श्रीमती सोफीसँग हालै सम्बन्ध विच्छेद गरेका हुन् ।

उनीहरुले आफुहरुले सम्बन्धविच्छेद गरेको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् । प्रधानमन्त्री ट्रुडोले भनेका छन्, ‘धेरै छलफलपछि हामीले एक अर्काको साथ छाड्ने निर्णय गरेका छौं । हामी सधैं परिवार नै रहनेछौं । हामीले एकअर्काको माया र सम्मानका लागि जे गरेका छौं, त्यो गरिरहनेछौं।’

प्रधानमन्त्रीको यो पोस्ट उनको श्रीमती सोफिएलले पनि आफ्नो अकाउन्टमा सेयर गरेकी छिन् । उनीहरुको तीन सन्तान छन् । ट्रुडोले आफूहरुको र बच्चाहरुको गोपनीयताको सम्मान गर्न सबैलाई अनुरोधसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्