काठमाडौं । प्राइम कमर्सियल बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सञ्जीव मानन्धरलाई नियुक्त गरेको छ । मानन्धर कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा रहने बैंकले जनाएको छ ।
स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतका रूपमा व्यवस्थापकीय नेतृत्वमा रहेका नारायणदास मानन्धरको कार्यकाल १६ साउनमा सकिएको र सोही दिन बसेको सञ्चालक समितिको बैठकले सञ्जीवलाई सिइओ नियुक्त गरेको हो ।
बैंकको स्थापनाकालदेखि नै महाप्रबन्धकका रूपमा कार्यरत नवनियुक्त सञ्जीवको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उनले तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका बैंकले जनाएको छ ।