Logo
Logo

कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स फण्डबीच व्यावसायिक ऋण सम्झौता


756
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र युरोपियन मुलुक लिक्थन्स्टाइनको इएमएफ माइक्रोफाइनान्स फण्डबीच व्यावसायिक ऋण सम्झौता भएको छ ।

इएमएफ माइक्रोफाइनान्स फण्डसँगको सहकार्यमार्फत कुमारी बैंकले साना तथा मझौला क्षेत्रलाई कर्जा पहुँचका साथै सशक्तीकरण गर्ने लक्ष्य राखेको बताएको छ ।

कुमारी बैंकले महिला सशक्तिकरण ऋण र महिला स्वामित्व भएका साना तथा मझौला व्यवसायलाई सहयोग गर्ने बताएको छ । २२ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले ३०४ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०७ एटिएम तथा ६३ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्