एजेन्सी । उत्तर कोरियाले अमेरिकी सैनिक ट्राभिस किङलाई हिरासतमा राखेको पुष्टि गरेको छ ।
२३ वर्षीय ट्राभिस जुलाई १८ मा भ्रमणका क्रममा दक्षिण कोरियाबाट उत्तर कोरियाको सीमामा प्रवेश गरेका थिए । त्यसयता यी अमेरिकी सैनिक कहाँ छन् र कस्तो अवस्थामा छन् भन्ने कुनै जानकारी मिलेको थिएन ।
संयुक्त राष्ट्रसंघमार्फत पहल गरेपछि प्योङयाङले ती सैनिक हिरासतमा रहेको पुष्टि गरेको हो । राष्ट्रसंघको कमान्डले प्योङयाङले दिएको थप विवरण तत्काल सार्वजनिक नगर्ने भनेको छ ।
यस्तै, राष्ट्रसंघले ती सैनिकलाई अमेरिका फिर्ता ल्याउने प्रयासमा हस्तक्षेप गर्न नचाहने समेत भनेको छ । जे होस्, यसले प्योङयाङ ती सैनिकको फिर्तीबारे वार्ता गर्न तयार रहेको संकेत गरेको छ ।
संयुक्त सुरक्षा क्षेत्रमा रहेको उत्तर कोरियाली सेनालाई प्रत्यक्ष फोन गरी ती सैनिकबारे जानकारी प्राप्त गरेको राष्ट्रसंघीय कमान्डले जनाएको छ ।