Logo
Logo

७७ डीएसपीको सरुवा, खसी काण्डमा परेकालाई फेरि इन्चार्ज


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ पुस । प्रहरी प्रधान कार्यालयले मंगलबार ७७ जना प्रहरी नायव उपरीक्षक डिएसपीको सरुवा गरेको छ ।

२०७६ दशैंमा स्थानीय ठेकेदारसँग खसी घुस माग्ने कोहलपुर इलाका प्रहरी कार्यालयका डीएसपी हेम शाहीलाई चन्द्रनिगाहपुर इप्रकाको इन्चार्जमा सरुवा गरिएको छ । इन्चार्जबाट इन्चार्जमा सरुवा नगर्ने नीति विपरीत उनको सरुवा गरिएको छ । कोहलपुरमा हुँदा डीएसपी शाही खसी घुस माग्नेदेखि विद्यार्थी दमन गरेको आरोपमा सरुवा भएका थिए । तर प्रहरी प्रधान कार्यालयले उनको सरुवा गरे पनि उनले चुनौती दिंदै कोहलपुरमै काम गरिरहेका थिए ।

मंगलबारको सरुवामा पनि उनले इन्चार्जबाट इन्चार्जमै सरुवा गराउन आइजीपी सर्वेन्द्र खनाललाई बाध्य बनाएका छन् । डीएसपी शाहीले आइजीपी खनाको सरुवालाई चुनौती दिंदै पावर लगाएर खटाएको ठाउँमा त गएनन् नै अहिले सरुवामा पनि गलाएका छन् । स्थानीय विद्यार्थी प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि उत्पन्न परिस्थितिमा कोहलपुर प्रहरीले विरोधमा उत्रिएका विद्यार्थीमाथि निर्मम लाठीचार्ज गरेर उनी विवादमा आएपछि २०७६ मंसिर २५ मा उनलाई सुर्खेत गणमा पठाइएको थियो । र, डिएसपी कुलदीप चन्दलाई पठाएको थियो । तर,शाहीले कार्यालय ओगटेर बसेका थिए । यसअघि बाँकेका डीएसपी शिव सिंहलाई सरुवा गरिए पनि शाही रमाना नलिई बसे ।

त्यसैगरी सरुवामा इन्चार्ज पाउने डीएसपीहरुमा म्याग्दीमा किरणजङ कुँवर तथा रामेछापमा बसन्त पाठक छन् । काठमाडौंका जनसेवा प्रहरी वृत्तमा सुनिलजङ्ग शाह, दरबारमार्गमा रन्जन दाहाल, बालाजुमा रन्जितसिंह राठौरको सरुवा भएको छ । राठौरको यसअघि नै काज सरुवाभएको थियो । अहिले दरबन्दी कायम भएको छ । बौद्ध बृत्तका डीएसपी रमेशबहादुर सिंहको पनि दरबन्दी कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्