काठमाडौं । नेपाल प्रहरीका सहायक हवल्दार तथा राष्ट्रिय फुटबल खेलाडी भरत शाहमाथि कुटपिट भएको छ । गत साउन १० गते भत्केको पुलस्थित एक रेष्टुरेन्टमा बोलाएर उनीमाथि कुटपिट भएको हो ।
शाहलाई नायब निरीक्षक (सइ) रितेश थापाले कुटपिट गरेका हुन् । थापाको कुटपिटबाट गम्भीर घाइते भएका शाहको ललितपुरस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।
मरणासन्न हुनेगरी कुटपिट भएपछि शाहका परीवारले ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दिएका थिए । तर, जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ ।
प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले कुटपिटको उक्त घटनामा रितेशलाई निलम्बन गरि छानविन भइरहेकाले जाहेरी दर्ता गर्ने विषयमा निर्णय भइनसकेको बताए ।
‘दुबै जना प्रहरी कर्मचारी हुन् । आन्तरिक छानबिन चलिरहेकाले जाहेरी दर्ताको विषयमा निर्णय भइसकेको छैन्,’ उनले भने ।
त्यस्तै उक्त घटनाको अनुसन्धान गर्न एसएसपी बेलबहादुर पाण्डेको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । उक्त समितिले घटनाको अध्ययन गरिरहेको प्रहरीले बताएको छ ।