Logo
Logo

सिङ्गापुरमा १० दिनभित्र ३ जनालाई फाँसी


945
Shares

एजेन्सी । लागूऔषध तस्करीको आरोपमा सिंगापुरमा एक ३९ वर्षीय पुरुषलाई फाँसी दिइएको छ । यो सजायसँगै सिंगापुरमा १० दिनभित्र तीन जनालाई फाँसी दिइएको अधिकारीहरूले जानकारी दिएका छन्  । 

२०१९ मा मृत्युदण्डको सजाय सुनाइएका युवा मोहम्मद सल्लेह अदुल लतिफलाई बिहिबार फाँसी दिईएको हो । सिएनबीले एक विज्ञप्ति जारी गर्दै दोषीलाई बिहीबार सजाय सुनाएको जानकारी दिएको छ ।

यसअघि गत शुक्रबार लागुऔषध ओसारपसार गरेको अभियोगमा ४५ वर्षीया महिलालाई फाँसी दिइएको थियो । उनलाई
फाँसी दिएको दुई दिनअघि (जुलाई २६ गत) करिब ५० ग्राम हेरोइन तस्करी गरेको आरोपमा मोहम्मद अजिज बिन हुसेन नामका ५७ वर्षीय पुरुषलाई फाँसी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्